Different Cultural Expectations and Traditions between Nepal and Australia – Nepali

नेपाल र अष्ट्रेलिया बिच हुने बिभिन्न साँस्कृतिक अपेक्षाहरू र परम्पराहरू

नेपाल र अष्ट्रेलियामा हामीले बच्चा र साना बालबालिकाहरूलाई खुवाउने तरिका सधैं एकै किसिमको हुँदैन । कहिलेकाँही यस्को बन्दोबस्त गर्न गाह्रो हुन सक्छ, विशेष गरी जब हजुरबुवा हजुरआमा वा सासु ससुरा हामी सँगै हुनुहुन्छ । (हामीसँग यस बारे विस्तृत पृष्ठ छ!)

Listen / सुन्नुहोस्

Topics


जहाँ जहाँ खाना राखिन्छ – एउटा टेबलमा, पिर्कामा वा चटाइमा – जब आमाबाबुले समय कम भएर वा अन्य जिम्मेवारीहरूको ख्याल राख्दै खाना खुवाउन कोशिस गर्नुहुन्छ, त्यो पनि जब सबै बच्चाहरू लतपत गरिरहेका हुन्छन्, हल्ला गरिरहेका हुन्छन्, वा यता उती गरिरहेका हुन्छन् – उहाँहरुलाई अलिकती अव्यवस्थित लाग्न सक्छ । धेरै जसो आमाबाबुहरुलाई सामान्यतया नेपालमा हुने जस्तो खानाको लागि नियमित तालिका बनाउन र बानी बसाल्न गाह्रो हुन सक्छ ।

“हाम्रो परिवारमा खाना खाने समयमा बच्चाले एकदमै दु:ख दिइ राखेको हुन्छ ।”  

एक अभिभावकले भन्नुभयो

आमाबुवाहरूले हामीलाई खाना खाने समयमा लतपत भै रहने, बालबालिकाहरू यता उती गरिरहने, वा खाना खानको लागि लामो समय लिने बारेमा भन्नुभयो ।

बास्तव्मै भन्नुपर्दा, अष्ट्रेलियामा धेरै जसो परिवारहरूको लागि खाना खाने समयमा अव्यवस्थित बातावरण बन्नु साधारण कुरा हो – सबै संस्कृति र समाजहरुमा यस्तो हुने देखिन्छ ।

एक अभिभावकले उहाँलाई युट्यूबमा हेरेको भिडियोले कसरी मदत गर्‍यो भनेर व्याख्या गर्नु भयो । Sत्यसैले, हामीले विशेष गरी नेपाली परिवारहरूका लागि केहि भिडियोहरू बनाएका छौं ।

“युट्यूबमा भिडियो हेरेपछि मलाई मद्दत भयो । त्यसले सजिलो हुने रहेछ भन्ने लाग्यो । हाईचेअरमा पास्ता खुवाएको जस्तो । यी बच्चाहरू भिडियोमा सजिलै खाइरहेका थिए । त्यसैले मैले आफ्नो बच्चालाई हाईचेयरमा राख्ने कोशिश गरें । उनीहरू आफैंले खाइरहेका थिए त्यसैले मैले सोचें कि म पनि उनीहरूलाई कोशीस गर्न दिन्छु ।”

एक अभिभावकले आफ्नो अनुभव बाँढ्नु भयो
Listen / सुन्नुहोस्

नट एलर्जी को विवाद बुझ्न गाह्रो हुन सक्छ । मानिसहरू यहाँ अष्ट्रेलियामा प्राय: यसलाई ठूलो कुरा मान्छन्, तर नेपालमा त्यस्तो मानिन्दैन ।

” अष्ट्रेलियामा नटहरू बारे कथा र विवादहरू धेरै फरक छन् । मलाई यो बुझ्न गाह्रो लाग्छ । अष्ट्रेलियामा नट एलर्जीको बारेमा धेरै कुराहरु छन्, तर नेपालीहरुमा यो आमा र बच्चाहरुले खाने प्राथमिक चिज मध्ये एक मानिन्छ ।”

एकजना अर्को अभिभावकले आफ्नो अनुभव बाँढ्नु भयो

बालबालिकाहरूमा नट एलर्जी सबै भन्दा सामान्य खाना बाट हुने एलर्जी हो । अष्ट्रेलियामा, करीव ३% बालबालिकाहरूमा नट एलर्जी हुन्छ । यसको मतलब स्कूल जाने बर्षदिनमा १०० बालबालिकाहरू मध्ये ३ जनालाई नट एलर्जी हुने सम्भावना देखिन्छ ।

कहिलेकाँही यो एलर्जीले ज्यानलाई जोखिममा पार्न सक्छ, त्यसैले यहाँ हामी यसलाई गम्भीर रूपमा लिन्छौं । तपाईंका बालबालिकाहरूलाई १२ महिना उमेर भन्दा पहिले बदामको थोरै मात्रा सुरक्षित रूपमा खान दिनाले बदाम एलर्जीको सम्भावना कम गर्न मद्दत गर्दछ ।  अंग्रेजीमा थप जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस् ।

Listen / सुन्नुहोस्

प्रायजसो नेपालमा बालबालिकालाई, उनिहरुले उल्टी गरेपछि आमाबुवाहरूले तुरुन्तै खाना खुवाउने गर्ने गरिन्छ । एक अभिभावकले स्पष्ट पार्दै भन्नुभयो –

” यदि तपाइँका बच्चाहरूले उल्टी गरे भने खान नदिनुहोस् । हामी नेपालीहरूले उल्टी हुने बित्तिकै उनीहरूलाई फेरी तुरुन्तै खुवाउन खोज्छौं । त्यो आवश्यक छैन ।”

एक अभिभावक

बालबालिकाहरू कुनै कारण ले गर्दा उल्टी गर्छन् । उनीहरू अघाएका हुन सक्छन्, अर्को गांसको लागि अझै तयार नहुन सक्छन्, वा एक छिन रोकिन्छन् । एउटा बच्चालाई, उल्टी गर्ने बित्तिकै खुवाउँदा राम्रो लाग्दैन अनी खाना खुवाउने र खाना खाने समय बारे नराम्रो अनुभव बनाउछन् । यसले उनीहरूलाई खाना खान कम मन पर्ने बनाउछ, र केही समय पछी उनीहरू खाना खान मन नगर्न थाल्छन् ।

यदि तपाईंको बालबालिकाले उल्टी गर्छन् भने उनीहरूलाई थप खाना दिनु अघि एकैछिन रोकिनुस् । सँधै उनीहरूलाई पुन: खाना खुवाउनु भन्दा पहिले उनीहरूले आफ्नो मुख खोलेर तपाईंलाई उनीहरू फेरि खाना खान इक्छुक छन् भनि नदेखाउन्ज्याल पर्खिनुहोस; उनीहरूलाई कहिले पनि खाना खुवाउन कर नगर्नुहोस् ।

यदि तपाईं धेरै उल्टी भएको मा वा पर्याप्त खाना खान नमानेकोमा चिन्तित हुनुहुन्छ भने, कृपया तपाईंको डाक्टर वा सामुदायिक नर्सलाई संपर्क गर्नुहोश् ।

Listen / सुन्नुहोस्

अष्ट्रेलियामा कुनै एक निश्चित उमेर र चरणहरूमा बालबालिकाहरूलाई खाना खुवाउन कुन कुरा सुरक्षित र स्वस्थकर हुन्छ भन्ने बारे स्वास्थ्यसेवा प्रदायकहरूबाट प्रायजसो मार्गदर्शनहरू हुन्छन । धेरै बाबुआमाहरूलाई मार्गदर्शनहरू के हुन् भनेर खासै ध्यान हुदैन । कहिलेकाँही यी मार्गदर्शनहरू नेपालमा बालबालिकाहरूलाई खाना खुवाउने प्रचलनभन्दा भिन्न हुन सक्दछन् ।

“मलाई नुनिलो खान दिन डर लगिराखेको छ – छोरा चौध महिना को हुँदा मलाई धेरै चाडै भयो कि र यस्तो खान छोरा सानो छ कि जस्तो लाग्थ्यो ।”

Parent

मार्गदर्शनहरू केवल एक गाईड हुन् । यदि तपाईं निश्चित हुनुहुन्न वा तपाईंलाई ठीक लाग्दैन भने, तपाईंले जहिले पनि तपाईंको जीपी वा सामुदायिक नर्सलाई सोध्न सक्नुहुन्छ । मार्गदर्शनहरू भित्र अष्ट्रेलियामा सामान्यतया प्रयोग गरिने नेपाली शैलीको खाना खुवाउनको लागि धेरै विकल्पहरू हुन्छन् ।

नेपाली र अष्ट्रेलियाको चलनलाई ध्यानमा राखेर बालबालिकाहरूलाई खाना खुवाउने सुरक्षित तरिकाहरू बारे  हाम्रा भिडियोहरू हेर्न यस मा क्लिक गर्नुहोस्।

Listen / सुन्नुहोस्