Supported by
© Copyright 2022 SUCCEED. N. Hopwood, C. Elliot, K. Moraby, A. Dadich, A. Regmi & K. Disher-Quill.
3.02 यस खण्डमा धेरै नेपाली परिवारहरूले खाना खुवाउने सम्बन्धी विवादहरूको बारेमा हामी सँग गरेको कुराकानीहरु छन् । यी कुराहरुबाट हामीले अष्ट्रेलियामा बच्चा हुर्काउने नेपाली आमाबुवाहरूको लागि बिशेष रुपले के महत्वपूर्ण हुन्छन् भनेर सिकेका कुराहरु बाडेका छौं ।
हामी सबैका आमाबुबाहरूका लागि नातिनातिनाहरूसँग समय बिताउनु महत्त्वपूर्ण हुन्छ ! धेरै हजुरबा हजुरआमा र सासू-ससुराहरू अष्ट्रेलिया भ्रमण गर्न आउनु हुन्छ, प्रायजसो धेरै हप्ताहरू वा महिनाहरूको लागि । उहाँहरुलाई वरि-परि पाउनु राम्रो हो, तर यसले परिस्थितीहरूलाई सँधै सजिलो बनाउँदैन, विशेष गरी जब बालबालिकाहरूलाई खाना खुवाउने बारेमा फरक विचारहरू को कुराहरु आँऊछ ।
“मेरो आमा यहाँ हुनुहुँदा खुवाउन धेरै गार्हो हुन्थ्यो किनभने उहाँले मेरो छोरालाई खाली पुल्पुलाऊनु हुन्थ्यो । जब आमा यहाँ हुनुहुन्थ्यो, मेरो जीवन संघर्सले भरिएको थियो । मेरा धेरै काम र जिम्मेबारिहरु थिए । घरमा के भइरहेको छ भन्ने बारेमा र खानपानमा संलग्न हुन सकिन्न थियो ।”
एक अभिभावकले भन्नुभयो
बालबालिकाहरूलाई के खानेकुरा खुवाउने र कसरी खुवाउने भन्ने बारे कहिलेकाँही हजुरबा हजुरआमाको यस्तै गर्न पर्छ भन्ने विचारहरू हुन्छन्, र उहाँहरुको बिचार अष्ट्रेलियामा बस्ने आमाबुवाहरूले चाहेको, वा उहाँहरुले पाएको सल्लाहहरु भन्दा भिन्न हुन सक्छ ।
“म जि पी को निर्देशनहरु अनुसरण गर्न कोशिस गर्दै थिए तर त्यो मेरो सासुससुरा यहाँ हुँदा सम्भव हुँदैन। उहाँहरुलाई मैले नेपाली तरिका ले खुवाउन पर्छ जस्तो लाग्थ्यो जस्मा सार्हो र नुनिलो खाना हुन्छ । मैले नुनिलो त दिन खोजे किनकी मेरो छोरालाई नुनिलो खाना मन पर्छ तर उस्ले बोतल मा दुध पिउदैन – त्यो अली गाह्रो छ ।”
एक अभिभावकले आफ्नो सासु ससुरा सँगै हुँदाको अनुभव बाड्नु भयो
“मेरो सासु-ससुरा भन्नुहुन्छ हामीले ठुलो मान्छेले खाने कुरा नखुवाएकोले मेरो छोरा यो उमेर मा पनि हिंड्न सकेको छैन । तर मलाई उह अझै सानै छ जस्तो लाग्छ अनी म ठोस वा नुनिलो खाना खुवाउँदिन ।”
अर्को एक अभिभावकले भिन्न अनुभव बाड्नु भयो
थप एकजाना अर्को अभिभावकले भन्नुभयो
“मेरी हजुरआमा यहाँ हुनुहुन्थ्यो र उतै घरमा गरेको जस्तो मसाज गर्नुहुन्थ्यो । मेरो श्रीमान नर्स भएकोले उहाँलाई कुनै कुनै रफ मालिश दिन रोक्नु हुन्थ्यो । जब उहाँले खाना बनाउनु हुन्थ्यो, मेरो छोरोलाई कब्जियत हुन्थ्यो । त्यो बेला देखि पिर लाग्छ, त्यसैले म अस्ट्रेलियामा जन्मेका बच्चाहरूले बिभिन्न खानेकुराहरु खाने बानी पार्छन् भनेर बहाना बनाउछु ।”
हाम्रा आमाबुबाहरूको विचारलाई सम्मान गर्नु महत्त्वपूर्ण छ । तर यो केवल नेपाली परिवारहरूमा मात्र होइन जहाँ बालबालिकाहरूलाई खुवाउने, र समग्रमा हुर्काउने बारेमा बिभिन्न पुस्ताहरूको भिन्न विचारहरू हुन्छन् । आमाबुबाहरू भएको नाताले हामीलाई सजिलो लाग्ने निर्णयहरू लिन हामी स्वतन्त्र छौ भन्ने महसुस गर्न महत्त्वपूर्ण छ । यो हाम्रो अष्ट्रेलियाको जीवनको सन्दर्भमा अनुकुल पनि हुन्छ (उदाहरणको लागि, शिफ्टमा काम गर्नु), र जुन हामीलाई लाग्छ कि हाम्रो बालबालिकाहरूको लागि सुरक्षित र सबै भन्दा राम्रो छ (अष्ट्रेलियाको खाना खुवाउने मार्गदर्शनहरू र नेपाली संस्कृति सम्बन्धि र के हामी यो गलत गर्दैछौं भन्ने बारेको पृष्ठहरू मा थप जानकारीको लागि हेर्नुहोस्?) ।
हामीले सुन्यौ कि अस्ट्रेलियामा धेरै जसो नेपाली आमाबुवाहरू शिफ्ट वोर्क गर्नुहुन्छ, धेरै जसो एक अभिभावक दिउंसो काम गर्नुहुन्छ र अर्को राती । यसले परिस्थितीहरुलाई अफ्ह्ठ्यारो बनाउँन सक्छ!
कहिलेकाहीँ, बालबालिकाहरूले खाना खुवाउने सम्बन्धमा जे मन पराउंछन शिफ्टमा काम गर्दा त्यस्तै ठ्याकै मिल्दैन –
“मेरी छोरीले आमाको दुध पिउन रुचाउछिन् । जबसम्म आमाको वरिपरि हुन्छ, उस्लाई आमाको दुध चाहिन्छ । धेरै जस्तो मेरो सानी छोरीले दिनभरी आमा भेट्न पाउदिन । जब आमा घर मा हुँदाँ उस्लाई आमाकै दुध चाहिन्छ । मेरो छोरीहरुले मैले भनेको मान्दैनन किनकी उनीहरु दिनभरी मै सँग हुन्छन् अनी हामी सँगै धेरै समय बिताउछौ ।”
Parent
निसन्देह: शिफ्टमा काम गर्नु केवल नेपाली परिवारहरुको लागि मात्रै चुनौतीपूर्ण हैन । धेरै आमाबुबाहरू आफ्ना बालबालिकाहरूको लागि खाना खुवाउन उपयुक्त हुने नियमित दिनचर्या बनाउँन चाहन्छन् । तर शिफ्टमा काम गर्नाले पनि बालबालिकाहरूले रुचाए अनुसार घरको नियमित दिनचर्या वा कार्यतालिका अनुकूल बनाउन गाह्रो हुन्छ । त्यहाँ तपाईको समुदायमा शायद अन्य परिवारहरू पनि छन् होला जसलाई यो गाह्रो लागिराखेको छ ।
“कहिलेकाँही म दिउसो १२ बजे घर आउँछु र मेरी श्रीमती काममा हुन्छिन् । मलाई सुत्नु आवश्यक हुन्छतर मैले बच्चाहरूको पनि हेरचाह गर्नु पर्यो । के हामीले उनिहरुको आवश्यकताहरू पुराउन आफ्नो बानी / समय तालिका परिवर्तन गर्न सक्छौं? हामी दिनदिनै उनिहरुलाई हाम्रो दिनचर्याहरू अनुसार चल्न बल गर्छौं, तर हामीले पनि सुधार्नु पर्ने चिझहरु र दिनचर्याहरू छन्!”
एक अभिभावकले आफ्नो अनुभव बाड्नु भन्नुभयो
“म आशा गर्दछु कि हामी उनिहरुको कार्यक्रम अनुसरण गर्न सकौं र उनिहरुलाई सजिलो हुने बनाऔं । हाम्रो कार्यक्रम अनुकूल बनाउन उनीहरूलाई बल गर्नुको सट्टा हामीले उनीहरूको भावनाहरू बुझ्नु आवश्यक छ । हामी उनीहरूका आवश्यकताहरू अनुसार गर्ने प्रयास गरौं ।”
थप एकजाना अर्को अभिभावकले भन्नुभयो
शिफ्टमा काम गर्नाले पनि दिनको समयमा सामुदायिक भेटघाट वा पूजा आजामा भाग लिन गाह्रो हुन्छ। एक अभिभावकको यो भनाइ थियो –
“म एक जी पी (डाक्टर) सँग परामर्श गर्न सिफारिस गर्दछु, सांझमा भए पनि – तर यो गर्नु भन्दा भन्न सजिलो छ । यिनै विवादहरू हाम्रो लागि पनि संघर्षशिल छन् ।”
सँगै बसेको अर्को एकजना अभिभावकले भन्नुभयो
यदि तपाई एक्लोपन महसुस गरी रहनु भएको छ वा शिफ्टमा काम गर्नाले कसरी तपाईको बालबालिका हुर्काउने कामलाई असर गरिरहेको छ भनेर चिन्तित हुनुहुन्छ भने, कृपया याद गर्नुहोस् कि तपाई एक्लो हुनुहुन्न । तपाईंको पारिवारिक डाक्टर, सामुदायिक नर्स, दिवा सम्भार सुसार (डे केयर) वा प्रिस्कूल (यदि सान्दर्भिक छ भने) सबैले तपाईंलाई सुन्न, मद्दत गर्न र समर्थन गर्न सक्छन ।
खानेकुरालाई पिनेर बनाउन छिटो, सजिलो छ, र सुरक्षित महसुस गर्न सकिन्छ किनकि त्यस्मा खाना घाटिमा अड्केर निस्सासिने जोखिम हुँदैन । तर पनि विभिन्न बनोट भएको खानेकुराको ब्यवस्था गर्नु र सार्हो खाना चबाउन सिक्नु बालबालिकाहरूको विकासको धेरै पक्षहरूको लागि वास्तवमै महत्त्वपूर्ण हुन्छ । त्यस कारणले यो पिसेर मिसाइएको खानाबाट कहिले अगाडि बढ्ने र यसलाई सुरक्षित रूपमा कसरी गर्ने भनेर जान्नु युक्तिपूर्ण छ । यो प्राय: जसो पास्नी (अन्न प्रासन) समारोह र सँग त्यस पछी के हुन्छ भन्नेसँग सम्बन्धित छ ।
“यो सामान्य हो कि हामी खानेकुराहरू पिनेर बनाउछौ । यो सजिलो हुन्छ र यो लतपत गरेर खाने बानी रोक्नको लागि एउटा तरीका हो । प्रायः जसो त्यस बेला जब बालबालिकाहरूले पिनेर नबनाइएको सार्हो खाना खान सक्छन्, उहाँहरु त्यही पनि यही बानी गरिराख्नुहुन्छ किनकि यो आमाबुबाहरूको लागि सजिलो हुन्छ ।”
एकजना अभिभावकले भन्नुभयो
“उनीहरूलाई स्तनपान गराएको छ महिनामा पछि, यदि हामी सिधै सार्हो खाना दिन सुरु गर्छौं भने उनीहरूले कसरी चपाउने भनेर जान्दैनन् । उनीहरूले खाली निल्छन् । त्यही भएर तपाईंले खानेकुरालाई पिनेर वा मिसाएर र नरम बनाएर खुवाउन सक्नुहुन्छ।”
अर्को एकजना अभिभावकले भन्नुभयो
“यो खाना घाटिमा अड्केर निस्सासिने बारे हो, यो सुरक्षित छ भनी पक्का गर्नु हो । नेपाली खाना संग हामी धेरै पालुंगो, हरीयो तरकारीहरु खान्छौं । तर भर्खरै खान सुरु गरेको शिशुको लागि यो गाह्रो हुनेछ, त्यसैले पिनेर बनाइएको खाना वा प्युरीले यसलाई सजिलो बनाउँदछ ।”
थप एकजाना अर्को अभिभावकले पनि आफ्नो अनुभव बाड्नु भयो
हामीले कुरा गरेका आमाबुबाहरूले बालबालिकाहरूलाई पिनेर बनाइएको खानाबाट अगाढी बड्न मद्दत गर्ने उपायहरू फेला पारेका रहेछन । थप कुराहरु ‘सार्हो खाना तर्फ परिवर्तन’ भन्ने खण्डमा हेर्नुहोस् तथा सार्हो खाना तिर लिएर जानलाई थप सुझावहरूको लागि संसाधनहरू र भिडियोहरूमा हेर्नुहोस् ।
“मेरो बच्चालाई कांक्रो मन पर्छ र यसलाई राम्रोसँग खान्छ । कहिलेकाँही उसले नरम भाग खाला र बाँकी छोड्ला तर कमसेकम खान त खान्छ नि । उसले काँचो गाजर पनि खान्छ । मैले हिजो उसलाई खाना पस्केर दिन खोजें, तर त्यस्को सट्टा उस्ले काँचो गाजर नै खायो ।”
एकजना अभिभावकले उत्सुक हुँदै भन्नुभयो
“सार्हो खानेकुरा खान धेरै सजिलो छ किनकि तपाइँ त्यसलाई पकाएर र पस्केर खान दिन सक्नुहुन्छ । उनीहरू अलि खेलेर बस्छन तर यो धेरैनै सजिलो छ । आजकल, जब हामी उनीहरूलाई चम्चाले खुवाउने प्रयास गर्दछौं यो गार्हो हुन्छ तर जब हामी उनीहरूको अगाडि पस्केर दिन्छौं, उनीहरू आफैले कोशिस गर्छन् ।”
अर्को एकजना अभिभावकले रमाउँदै भन्नुभयो
यहाँ एक स्पीच प्याथोलोजिस्टले नपिनेको खाना खुवाउन किन महत्वपूर्ण हुन्छ भनेर स्पष्ट गर्नु भएको छ –
“नरम करी वा गेडागूडी भएको दाल खानेकुराहरू एकदम नरम हुन्छन् र खुवाउन सजिलो हुने गरी जत्ती पनि गिलो बनाउन सकिन्छ । त्यस्पछी भिन्दै किसिमको र अरु बनावटहरुको को खाना खाने तर्फ बडिन्छ । कहिलेकाँही जसलाई हामी सार्हो मिश्रण भन्छौं, जस्तै गाजर, स्याउको टुक्रा, त्यो पनि दिनु पर्छ । त्यस्तो सार्हो खानेकुराहरु नदिंदा त्यस्ले मांसपेशिको विकासलाई नराम्रो असर गर्छ जुन चपाउन र भाषा विकास गर्न हामीलाई आवश्यक हुन्छ । त्यसो हुनाले, लामो अवधि सम्म केवल एकदम नरम भएको खाना खान दिंदा बेफाइदाहरू हुन्छन् ।”
स्पीच प्याथोलोजिस्ट
पास्नी रीतिरिवाज अनुसार केटाहरूको लागि ६ महिनामा र केटीहरूको लागि ५ महिनामा गरिन्छ । यसले केवल स्तनपानमात्र गराउनु भन्दा पछी आउने परिवर्तनको संकेत दिन्छ । पास्नी रीतिरिवाज अनुसार यी महिनाहरूमा निर्धारित गरिएको हुन्छ, तर आमाबुबाहरूले हामीलाई भन्नुभयो कि यसको समय बालबालिकाहरूको अवस्था हेरेर वहाँहरुले परिवर्तन गर्न सक्नु हुन्छ । कसैकसैको लागि यो केहि पछि हुन सक्छ –
“हाम्री छोरी एकदम सानी जन्मेकी थिइन्, त्यसैले हामीले पाँच महिनामा पास्नी गर्न सकेनौं, उनी एकदमै कलिलो उमेरकी थियिन । यसको सट्टा हामीले सात महिनामा गर्यौं ।”
Parent
हामीले धेरै नेपाली आमाबुबाहरूबाट सुनेका थियौं कि वहाँहरु पास्नीको लगत्यै पछि पिनेर बनाइएको खानाबाट सुरू गर्नुहुन्छ, तर कसैकसैलाई यस्को बानी नै परे जस्तो लाग्छ र लामो समय सम्म पिनेर मात्रै बनाइरहन्छन् ।
“पास्नी पछि तपाइँ पिनेर बनाइएको खाना दिनुहुन्छ किनकि यो सामान्य विश्वास हो कि उनीहरु नुनिलो खाना खान तैयार छन् तर भात जस्तो खाना निल्न तयार छैनन् । त्यसो हुनाले, तपाईं सजिलो को लागि खानेकुराहरूलाई पिनेर बनाउन सुरु गर्नुहुन्छ । तर सरस्वतीले वास्तवमै राम्रो कुरा भनिन् कि तपाईं छ महिनामा खानेकुराहरूलाई पिनेर बनाउन सुरु गर्नुहुन्छ किनभने यो सजिलो छ र त्यसपछि यो एक प्रकारको बानीनै भएर जान्छ । र तपाईं दुई बर्षसम्म जारी राख्नुहुन्छ वा करिब त्यतिकै केही समयसम्म बालबालिकाहरु अझै प्युरी जस्तै खाना खाइ रहिरहन्छन । त्यसो हुनाले, हुन सक्छ उनीहरुले सार्हो खाना दिने प्रयास र प्रयोग गर्नमा वास्तविक चासो दिदैनन् ।”
एक अभिभावकले भन्नुभयो
“कहिलेकाहिँ पास्नी पछी पनि हामीलाई लाग्दैन कि उनीहरु तयार छन् त्यसैले हामीले पास्नी गरिसकेर पनि सार्हो खाना दिदैनौं ।”
अर्को एक अभिभावकले भन्नुभयो
यी आमाबाबुले स्तनपान पछी पिनेर बनाइएको खाना र त्यसपछि सार्हो खाना तर्फ जान एक राम्रो तरीका फेला पार्नुभयो । उहाँहरुले बिभिन्न कुराहरु दिनुभयो, र उहाँहरुको बच्चा तयार भएको छ कि छैन भनेर हेर् बिचार गर्न थाल्नु भयो –
“मैले पास्नी गरें र दुई हप्तासम्म पिनेर बनाइएको खाना मिसाएँ । तर त्यस पछि मैले सार्हो खाना दिएं, धेरै सार्हो होइन, तर भात जस्तो । खाली सामान्य भात, प्युरी होइन । मैले भात दिन शुरू गरे र उनी त्यससँग अत्यन्त खुशी थिइन् । त्यसैले मैले पिनेर बनाउन छाडिदिएँ । भर्खरै सामान्य भात, करीहरु, उमालेको तरकारीहरू दिन थालें ।”
सँगै बसेको अर्को एकजना अभिभावकले भन्नुभयो
थप ‘सार्हो खाना तर्फ परिवर्तन’ भन्ने खण्डमा हेर्नुहोस् ।
यो स्वास्थ्य व्यवसायीको केही सल्लाह हो जसले हामीलाई सार्हो खानामा परिवर्तन बालबालिकाको लागि क्रमिक र मंद गतीको हुन्छ भन्ने कुरा सम्झाउँछ –
“हामी सरासर दिनको तीन पटक सबै सार्हो खानामा जाऔं भनेको होइन! हामी बिस्तारै सार्हो खाना दिन सुरु गर्छौं । एक दिन स्तनपान, अर्को दिन सबै चीजको सार्हो खाना हैन । हामी नरम र बिलिनो कुराहरुबाट सुरू गर्न सक्छौं, र बिस्तारै अन्य प्रकारको खानाहरूमा अघि बढन सक्छौं । ”
डाक्टर
के तपाईंको बालबालिकाले आँफै खान्छ वा खान्छिन? वा तपाईं चम्चाले उनीहरुलाई खुवाउँनु हुन्छ ?
नेपाली आमाबुवाहरूले हामीलाई भन्नुभयो कि कहिलेकाँही उहाँहरु चम्चा प्रयोग गर्न मनपराउँनुहुन्छ र बालबालिकालाई खुवाउँनुहुन्छ किनकि यसले लतपत हुन कम गर्दछ । उहाँहरुलाई यस्तो लाग्न सक्छ कि यसले खाना खुवाउँने काम छिटो हुन्छ र आफ्नो बालबालिकालाई थप खान मद्दत गर्दछ ।
“हामी चम्चाले खाना खुवाउंछौं किनकि उनीहरूलाई खान आउंदैन । उनिहरु धेरै साना हुन्छन र आफ्नो खाना आँफै सकाउन सक्दैनन । त्यहाँ लतपत हुन्छ, उनिहरुले जताततै खाना पोख्छन् । तर यदि तपाइँ खुवाउँनुहुन्छ भने, यो छिटो र सजिलो हुन्छ र बालबालिकाले राम्रो संग खान्छन् ।”
एक अभिभावकले भन्नुभयो
तर बालबालिकाहरूलाई आफै खान दिएमा त्यहाँ फाइदाहरू पनि छन ! धेरै बालबालिकाहरू वास्तवमा आफै खानलाई रुचाउँछन र यो निश्चित उमेरमा खाना खाने विकासको सामान्य पक्ष हो । आफै खाना खानुले बालबालिकाहरूलाई खानेकुराको जानकारी लिन, खाने बेलाको आनन्द लिन र उनिहरुको नियन्त्रणमा भएको जस्तो महसुस गर्न मद्दत पुर्याउँछ । हो, यो तरिका अलि लतपत हुन सक्छ र कहिलेकाँही अली ढिलो हुन सक्छ, तर धेरै आमाबाबुहरूले यसलाई समग्रमा राम्रो भएको पाउँनुभयो । आफै खाना खान दिन तपाइँलाई प्रोत्साहित गर्न हामीसँग भिडियो र संसाधनहरू छन् ।
“हामी वास्तवमा देख्छौं कि साना बालबालिकाहरू प्राय: जसो आफै खान रुचाउँछन । त्यसैले खानेकुराको अधिक जानकारी लिदै, उनीहरु आफै खान्छन, केवल कांक्रो मात्रै भए पनि । त्यसैले हाम्रो काम भनेको बालबालिकाको खाना खाने बानिमा चासो लिनु र उनीहरूको इक्ष्या अनुरुप गर्नु र हौशला बढाउनु हो, त्यसैले यो बालबालिकाबाटनै धेरैजसो आउँदछ ।”
अर्को अभिभावकले भन्नुभयो
खाना हाम्रो संस्कृतिको एक महत्त्वपूर्ण अङग हो, र यो कठिन हुन सक्छ जब तपाईं अर्को देशमा बच्चाहरूलाई हुर्काउनुहुन्छ । कहिलेकाँही, अस्ट्रेलियामा दैनिकी जीवन र संस्कृतिको अर्थ यो हो कि सान-साना नेपाली बालबालिकाहरूले यहाँ जे खान्छन त्यो उनीहरूले पहिले नेपालमा खाने गरे जस्तो हुँदैन ।
“धेरैजसो नेपाली आमाबुबाहरूले भन्नुहुन्छ, मेरो बच्चाले भात खाँदैन । त्यो त के के नै भएको जस्तो गर्नुहुन्छ ।”
सँगै बसेको अर्को एकजना अभिभावकले भन्नुभयो
“केही आमाबुबाहरूले यसलाई चुनौतीका रूपमा लिनुहुन्छ कि उहाँहरुको शिशुहरू भात छोड्दै छन् । यस्तो लाग्छ उनिहरु नेपाली भन्दा पश्चिमी खाना खान रुचाउछन् । यो स्वीकार्न गाह्रो हुन सक्छ । वहाँहरु आफ्ना बालबालिकाहरुलाई परम्परागत खाना खाउन भन्ने चाहनुहुन्छ ।”
अभिभावकले भन्नुभयो
हामीले कुरा गरेका आमाबुबाहरूसँग उहांहरुले नेपाली शैलीको खाना कसरी दिन सक्नुहुन्थ्यो, अनी यदि उहाँहरुलको बालबालिकाले अरू खाना मनपराउथे भने फेरी कसरी उहांहरुले चित्त बुझाउनु भयो भन्ने बारेमा धेरै सल्लाह र कथाहरू थिए ।
“हामी सकरखन्ड खान्छौं, आलु तारछौं । त्यो परम्परागत नेपाली तारेको आलु हो । यो परम्परागत हो र हरेक नेपाली परिवारसँग यो हुन्छ ।”
अर्को अभिभावकले पनि भन्नुभयो
“उनी पर्याप्त पास्ता खाने गर्छिन, अनी म भात किन दिउं?”
अर्को अभिभावकले आफ्नो अनुभव बाड्नु भयो
“केही दिनसम्म उनले भात खाइनन, तर उनलाई रोटी मन पर्थ्यो । र म उनलाई दुई टुक्रा पाउरोटी दिन्छु, कहिलेकाँहि यसलाई थोरै मात्र टोस्ट गरिदिन्छु र कहिले टोस्ट गरिदिन्न र अलिकती बटर वा त्यस्तै केही राखी दिन्छु, उनी दुई टुक्रा पाउरोटी खान्छिन् । यो केवल थोरै मात्र भातको बराबर हो । उनले भात होइन पाउरोटी खाएकोमा म सन्तुष्ट थिएँ । यो कार्बोहाइड्रेटको स्रोत मात्र हो, यदि उनी पाउरोटी खाइरहेकिछन भने हामीले भातको किन चिन्ता गर्ने ?”
थप एकजाना अर्को अभिभावकले ढुक्क हुँदै भन्नुभयो
“सुरुमा मैले भात खुवाउनुलाई प्राथमिकता दिरहेकी थिएं । यदि उनी वास्तवमै भात नखाने हो र भात खान मुख खोल्दिनन भने र उस्लाई रोटी मन पर्छ, भने मैले किन चिन्ता लिनु र? कमसेकम उनले उही चीज खाइरहेकी छिन … कार्बोहाइड्रेटको उहि स्रोत । म उनलाई दुई मध्ये एक बिकल्प मात्र दिन्छु । यदि उनले भात खाइनन भने, म उनलाई पाउरोटी दिन्छु र उनलाई पाउरोटी मन पर्छ । कहिले काँही उनी कालो चियामा डुबाउँछिन किनकि कहिले काँही हामी कालो चियामा डुबाउँछौं र कहिले काँही हामीले जे गर्यो त्यही गर्छिन् । कहिलेकाँही हामी बिस्कुटलाई कालो चियामा डुबाउँछौं …। यो नरम हुन जान्छ र उसलाई त्यही गर्न मन पर्छ ।”
सँगै बसेको अर्को अभिभावकले आफ्नो कथा सुनाउनु भयो