For families with feeding difficulties and tube-feeding – Nepali

खाना खुवाउने समयमा आप्ठ्यारो भइरहेको बालबालिकाहरुका आमाबाबुलाई

जबकि लगभग सबै परिवारहरूमा बच्चाको कुनै न कुनै प्रकारको खानासँग सम्बन्धित चुनौती छ, अरुलाई खान खुवाउन धेरै गार्हो छ, लगातार वा जटिल समस्याहरु छन् । त्यहाँ धेरै परिवारहरू छन् जसले खानासँग सम्बन्धित अफ्ठ्यारोहरू अनुभव गर्दछन् ।

यस वेबसाइटको अङ्रेजी खण्डमा बच्चाहरुलाई आवश्यक पर्ने पोषण पाउन प्लस्टिक ट्यूब बाट खान खुवाउन पर्ने परिवारहरूको धेरै जानकारी र अनुभवहरू छन् ।


Listen / सुन्नुहोस्

Topics शिर्षकहरु


अन्य आमाबाबुहरूले तपाइँले कसरी तपाइँको बच्चालाई खाना खुवाउनुहुन्छ, कसरी उनी वा उसले खान्छन् वा खादैनन् भन्ने कुरा याद गरी राखेको हुन सक्छ! धेरै आमाबाबुहरूले भन्नुहुन्छ कि कहिलेकाँही जब अरू आमाबाबुले तपाइँ र तपाइँको बच्चालाई के भएको भनेर जान्दैनन् वा बुझ्दैनन् तब गाह्रो हुन्छ । कहिलेकाँही अन्य आमाबाबुले एकदम असह्य वा चोट पुर्‍याउने कुरा भन्न सक्दछन् ।

“तपाईका वरपरका मान्छेहरुलाई लाग्न सक्छ ‘ओ हो, तपाईंले धेरै खुवाइराख्नु भएको छ, तपाईले भर्खरै दुई मिनेट अघि खुवाउनु भएको र तपाईले फेरि खाना खुवाउनु भयो’, तर तपाईंको बच्चालाई खाना खुवाउने समस्या भएको हुनाले पुगेको छैन ।”

Parent

“जब म मेरो बच्चालाई अरुहरु को अगाडि खुवाउँछु, उनीहरूले मैले बडी गरेको भन्ठान्छन् । उनीहरूले किन त्यत्ती धेरै खुवाएको भनेर सोध्छन् र खाली खुवाएर बस्ने भन्छन् । मलाई थाहा छ नि मेरो बच्चाले खाएको छैन भनेर तर उनिहरु त्यस्तै भन्छन् ।”

Parent

हामीले नेपाली आमाबुवालाई खाना खुवाउन अफ्ठ्यारो परिरहेको परिवारको लागि सबैभन्दा उपयोगी वा सहयोगी के भन्न सकिन्छ भनेर सोधेका थियौं –

“साथीहरू वा परिवारलाई सल्लाह दिदाँ राम्रो नलाग्न सक्छ । उनिहरुलाई बेकार लाग्न सक्छ । उनीहरूलाई आफ्नो डाक्टरसँग कुरा गर्न वा बच्चा को हस्पिटल गएर जचाउन जाउ भन्न बढी सजिलो लाग्छ । तर पनि, कसैलाई त्यो सुझाव पनि मनपर्दैन त्यसैले के भन्नु हुन्छ र के हुँदैन भनेर जान्न गाह्रो हुन सक्छ ।”

Parent

“हाम्रो पछाडि कुरा काट्नु को सट्टा, हामीलाई सहयोग गरे अथवा हामीले केही गरिदिन मिल्छ भनेर सोधे, अथवा हामीले के गरिदिउ भनेर भन है भने राम्रो हुन्थ्यो ।”

Parent

There are sections of the English website that could help here:

Listen / सुन्नुहोस्

खुवाउने समस्याहरूले खाली खाने समयलाई मात्रै असर गर्दैन । उनीहरूले अन्य धेरै चीजहरूमा प्रभाव पार्न सक्छन्, दैनिक क्रियाकलापहरू सहित, बाहिर जानलाई गाह्रो बनाउँदै, साथीहरूलाई भेट्न, प्ले ग्रुपहरूमा जान, वा सहयोगी सेवाहरूको पहुँच गर्न । कहिले काही यस्तो अत्ती धेरै हुन्छ, र आमाबाबुले घरमै फसेको जस्तो महसुस गर्दछन् ।

“यस्ले गार्हो भएको छ । हामीले बच्चा लिएर जाँदा उस्ले आँफै खान सक्ने भए, त्यो धेरै सजिलो हुन्थ्यो । तर यदी हामीले खान बोक्दै हिढ्नु पर्ने र उस्ले खानै पर्छ भन्ने भयो भने, यो आमाबाबुको लागि गार्हो हुन्छ । एक दिन बाहिर जाने योजना बनाउँदा पनि तपाईं को दिमागमा पहिलो कुरा भनेको नै खान खुवाउनु पर्छ भन्ने हुन्छ, र त्यो यत्ती थकाई लाग्दो हुन्छ कि बाहिर जानै मन लाग्दैन । कम्सेकम केरा जस्तो फलफुल सजिलो हुन्छ, तर यदी उनिहरुले त्यो पनि नखाने भए, त्यो त गार्हो हुन्छ ।”

Parent

तर, हामीले जुन अभिभावकहरूसँग कुरा गर्‍यौं सबैजनाले बाहिर जानु नै आवश्यक लाग्छ भन्नु भयो । यो गाह्रो वा डर लाग्दै भए पनि । तर त्यो एक पटक गरी सके पछी आँफै सजिलो र सामान्य लाग्न थाल्छ ।

“मलाई अझै गाह्रो छ किनकि मलाई अझै पनि खुवाउन अफ्ठ्यारो छ । जे होस्, म खुशी छु कि मेरो बच्चा राम्रो सँग हुर्की राखेको छ र उसको उमेरको हिसाब राम्ररी बढ्दैछ । हो, खाने समस्या त छ तर अरु सबै कुरा ठीकठाक छ ।”

Parent

हामीले जटिल खाना खुवाउने समस्या भएका बालबालिकाहरुको बाबुआमासँग बाहिर जाने बारेमा कुराकानी गरेका थियौं, र हामी सँग अंग्रेजी वेबसाइटको केहि उपयोगी भागहरु छन् –

हामी बाहिर जान सक्दैनौं! हामी बाहिर जानु पर्छ!

घरबाट बाहिर हुँदा ट्यूब-फीडिंगका लागि सल्लाहहरू

Listen / सुन्नुहोस्

यो खण्ड विशेष गरी आमा बुबाको लागि हो जसका बच्चाहरूले ट्यूब (एनजी ट्यूब) मार्फत पोषण गर्नुपर्छ । यो अङ्रेजीमा छ, यद्यपि यदि तपाईंलाई नेपालीमा चिकित्सा सहयोग चाहियो भने तपाईंको डाक्टरले तपाईंको लागि दोभाषेको बन्दोबस्त गर्न सक्नुहुन्छ ।

अन्य व्यक्तिहरुलाई ट्यूब-फीडिंग बारे बुझ्न मद्घत

अन्य व्यक्तिहरुले ट्यूबको बारेमा दिने प्रतिक्रिया

एउटा ट्यूब-फेड बच्चा संग घरबाट बाहिर निस्किन कसरी प्रेरणा लिने र निस्किने 

Tipsघरबाट बाहिर हुँदा ट्यूब-फीडिंगका लागि सल्लाहहरू

यहाँ ट्यूब फीडिंगको बारेमा एक वास्तविक कथा छ (नामहरू परिवर्तन गरिएका छन्) ।

Listen / सुन्नुहोस्