4.01 Challenges we share with families from all cultures – Nepali

4.01 सबै संस्कृतिहरुका परिवारहरुसँग को साझेदारी चुनौतिहरू

4.02 प्यारेन्टिङ कहिल्यै सजिलो हुँदैन! कुनै कुराहरु सबै आमाबाबुको लागि असजिलो हुन्छ, चाहे जुन जुस्कै संस्कृति वा राष्ट्रीयताको भए पनि । सार्हो खाना तर्फ परिवर्तन, दिनचर्या स्थापना, र तपाईं केहि गलत गर्दै हुनुहुन्छ भनेर चिन्तित हुनु वास्तवमै धेरै सामान्य चिन्ताको विषय हो ।

4.03 हाम्रो ठूलो समस्या भनेको खाना खुवाउनु हो ।हामी खाना खुवाउन कोशीस गर्छौ तर अझै गाह्रो छ । ऊ १४ महिना को भयो त्यही पनि बोतल बाट खान मान्दैन । ऊ छ हप्ता पहिले जन्मेको हो । कहिलेकाँही दही खान मान्छ । उस्ले चपाउन र निल्न नसकेर धेरै उल्टी गर्छ ।”

Parent

Topics


4.04 ‘सार्हो खाना तर्फ परिवर्तन’

4.06 At some point, children need to move from breastmilk to other sources of nutrition, including moviकुनै समयमा, बच्चाहरूलाई स्तनपानबाट अन्य पोषणको स्रोतहरूमा सार्नु पर्छ, बिभिन्न खानाको बनावटहरूको माध्यमबाट सर्दै । कहिले र कसरी गर्ने भनेर जान्न सजिलो छैन । नेपाली परिवारका लागि यी विवादहरु प्रायः पास्नीको समयको वरिपरि आउँछन् तर त्यसपछि लामो समयसम्म कठिन हुन सक्छ!

4.07 “ऊ अझै हिंड्न सक्दैन, त्यसैले मलाई ऊ ठोस र नुनिलो खानाको लागि तयार छ कि छैन थाहा छैन ।”

Parent

4.08 “मेरो नजिकको साथी, मैले उस्लाई मेरो छोरालाई के खुवाइराछुभनेर धेरै पल्ट भनेको छु । उनी भन्छिन्, ‘होइन, घाटिमा खान अड्कियो भने’ । म यो मेरी छोरीलाई दिन सक्दिन’। यो आमाबाबु डराएको हो, बच्चा होइन ।”

Parent

4.09 “हुन सक्छ मलाई जस्तै पहिलो बच्चालाई ठोस खाना दिन उनिहरुलाई पनि डर लाग्छ । हुनसक्छ बच्चा खान, चपाउन र निल्न तयार छैन होला । हुनसक्छ उनीहरूलाई दिक्क लाग्छ होला । मेरो धेरै साथीहरू, उनिहरुका बच्चाहरू १८ महिनाका छन्, र त्यसैले एक वर्षको लागि उनीहरूले वास्तवमै नरम खाना मात्र दिराखेकाछन् । उनिहरु निसासिन्छ भनेर डराउँछन् । त्यसकारण उनीहरूले ठोस खान दिदैनन् ।”

Parent

4.10 आमाबाबुहरूसँग आफ्ना बच्चाहरूलाई ठोस खाना दिन प्रोत्साहन र मद्दत गरेको बारे धेरै सल्लाहहरू र कथाहरू थिए । एकजना अभिभावकले कसरी आफ्नो बच्चाले खानाको बारेमा दिने प्रतिक्रियाले उनलाई के गर्ने भन्ने बारेमा थाहा दिन्छ भन्नुभयो –

4.11 “मानौं म उनलाई पिनेर बनाएको खाना दिँदैछु तर म उनलाई केही ठोस खाना दिन चाहन्छु। मलाई खाली अरु केही फरक खानेकुरा खुवाउन दिनु पर्‍यो भने, पिनेको भन्दा बडी बिस्तारै अली अली दिने । त्यसरी दिदा उस्लाई मन पर्‍यो भने, मैले किन पिनेर नै दिनु पर्‍यो र, त्यस्को सट्टा अली नरम खाना दिने, अनी बिस्तारै सार्हो खाना दिने ।”

Parent

4.12 विभिन्न प्रकारका खाना पस्किनु सबैभन्दा उपयोगी चीज थियो, थाली मा पस्केको जस्तै । त्यसोगरे बच्चाहरूले विभिन्न रङहरू देख्न सक्थे, र एकै पटकमा खानेकुराहरुको परीक्षण र स्वाद लिन सक्थे । उनीहरू नयाँ खाना अन्वेषण गर्न उत्सुक हुन्छन्, तर कहिलेकाँही केहि अलिक सतर्क पनि हुन्छन्  , त्यसैले खानालाई अलग गर्नुले उनीहरूलाई सजिलो बनाउँदछ । बच्चाहरूले आफ्ना आमाबुबाहरूसँगै खानाहरू खान पनि रमाउन सक्छन्, र यसबाट धेरै सिक्न सक्छन्, विशेष गरी जब यो आराम र रमाईलो हुन्छ र तपाईं लत्पत पनि गर्न सक्नुहुन्छ र सँगै के खाने भनेर योजना बनाउन सक्नु हुन्छ ।

4.13 “म बिभिन्न प्रकार र बनावटका खाना दिन खोज्छु, त्यसले उसलाई अझ इन्टेरेस्टिङ बनाउँछ । कचौरामा मिक्स गर्नुको सट्टा, साधा भुजा र अरु खानाहरु सँग रमाइलो लाग्ने गरी पस्केर दिन्छु ।”

Parent

4.14 “मैले ९ महिना पछि पिनेको खाना दिन छोडें । म बिभिन्न प्रकारको खाना दिन्छु त्यस्ले गर्दा उस्ले के के खाइराछ भनेर हेर्छ ।”

Parent

4.15 “म ईंग्लिश स्पिनेच पनि प्रयोग गर्छु । मैले अलिकती घिउ मा भुटेर दिन्छु अनी उस्ले राम्रो सँग खान्छ । म उसलाई प्युरी खुवाउँदिन । नौ महिनाको उमेरदेखि मैले ठोस खाना दिएको र ऊ राम्ररी खान्छ ।”

Parent

4.16 “सादा भुजा र त्यो सँग अरु परिकारहरु पस्किदा बच्चाहरुलाई के कसो भनेर हेर्न र बुझ्न रमाइलो लाग्छ ।”  

Parent

4.17 “हामी उनीहरूसँगै खान्छौं । मेरो श्रीमानले उस्तै खाना खानुहुन्छ । हामी दुइटा चम्चा दिएर यसलाई रमाईलो बनाउँछौं । हामी उनीहरूले के खाइरहेका छन् त्यही खान्छौं तर अर्कै कचौरामा । यो हाम्रो लागि अलि कम स्वादिलो हुन्छ तर यसले उनिहरुलाई खान प्रोत्साहित गर्छ ।”

Parent

4.18 तपाईं स्रोतहरू र भिडियो सेक्सनमा अरु जानकारीहरु पाउन सक्नु हुन्छ ।

4.19 नियमितदिनचर्या

4.20 धेरै अभिभावकहरू आफ्ना बच्चाहरूसँग नियमित दिनचर्या वा समय तालिका स्थापित गर्न चाहन्छन्, र खानपिनमा यसको ठूलो भूमिका हुन्छ । विशेष गरी साना बच्चाहरूको लागि, जब उनीहरूको लागि संसार धेरै नयाँ हुन्छ, भविष्यमा के हुनेछ भनेर आशा गर्न सक्षम हुनु साँच्चै सान्त्वनादायी हुन सक्छ । तर के नियमित दिनचर्या आमाबाबुहरूको लागि उपयुक्त हुन्छ वा बच्चाहरूले मनपराउँछन्? र चीजहरू परिवर्तन हुँदै जाँदा के हुन्छ?

4.21 बच्चाहरूले प्राय: हाम्रो राम्रो नियमित दिनचर्याको योजनाहरूमा चुनौती दिन्छन्! दुईटा फरक उमेरका बच्चाहरु हुँदा यो झन गार्हो हुन्छ, र हरेक बच्चा फरक हुन्छ ।

4.22 “प्राय: सबै खाना खाने समय अलि मेस्सी र अव्यवस्थित नै हुन्छ । हामी केही टाईमटेबल बनाउन प्रयास गर्छौं, तर दुबै दिदीबहिनीहरूले आफ्नै टाईमटेबल पछ्याउँदछन् र कहिले के कहिले के नै गर्छन् ।”

Parent

4.23 जब अभिभावकहरूले शिफ्ट वोर्क गर्छन् यो अझ गाह्रो हुन सक्छ। हुनसक्छ शिफ्ट वोर्क को कामको ढाँचा बच्चाको रुचिसँग मेल खाँदैन, वा हुन सक्छ काम गर्ने समय परिवर्तन हुन्छ त्यसैले लगातार समयमा खाना खुवाउन गाह्रो हुन्छ।

4.24 जब सम्भव हुन्छ, केहि नियमित दिनचर्या बनाउनु परिवारका लागि धेरै सहयोगी हुन्छ । तथापि वास्तविक जीवनमा यो एक नियमित दिनचर्या बनाउन सधैं सम्भव छैन, र त्यो पनि ठीकै छ! तर यदि तपाईंको परिवार को सजिलो को अनुरूप खाने, खेल्ने र सुत्ने समय परिवर्तन गर्नुपर्दछ भने बच्चाहरूले यसलाई राम्रोसँग व्यवस्थापन गर्न सक्दछन् । वास्तवमा महत्त्वपूर्ण कुरा के हो भने तपाईंले आफ्नो बच्चाले के मनपर्दछ भनेर सिक्नुहोस् र यदि तपाईं चिन्तित हुनुहुन्छ भने आफ्नो डाक्टर वा सामुदायिक नर्सबाट मद्दत वा सल्लाहको लागि सोध्नुहोस् ।

4.25 के हामी केहि गलत गर्दैछौं?

4.26 प्यारेन्टिंगको बारेमा चिन्ता गर्नु सामान्य कुरा हो! कहिलेकाँही जब औपचारिक मार्गनिर्देशनहरू वा चिकित्सा सल्लाहले हामीलाई “सही” भनेको भन्दा आमाबुवाहरूको अनुभवहरु फरक हुन्छ उहाँहरु लाई चिन्ता लाग्न थालछ । कहिलेकाँही, आमाबुवाहरूलाई अरूले कुनै कुराहरु “सामान्य” हो भन्यो भने पनि चिन्तित हुन्छन् तर अझै पनि उनीहरूलाई त्यो सही हो जस्तो लाग्दैन ।

4.27 “उनी खाना बिना ६-१२ घण्टा सम्म बस्न सक्छिन् । डाक्टरहरू यो ठीक छ भन्छन् । तर त्यो म आमाको रूपमा स्वीकार्न सक्दिन । यसले मलाई पिरोल्छ । दिनभरी खाना नखाइकिन ७ घण्टा बस्दा मलाई धेरै गाह्रो लाग्छ । हामी अचम्म पर्छौ, हामीले पो केही गल्ती गरी राखेको छौं कि भनेर । हामीलाई सही तरिका नआएर खुवाउन नजाने को हो कि जस्तो लाग्छ । किनकि उनी उल्टी गर्छिन, हामीले नरम खाना दिन खोज्यौं, तर अब उनी चबाउन र निल्न सक्दिनन् ।”

Parent

4.28 यो ‘ठीक’ हो कि ‘बेठिक’ भनेर सोच्नु साधारण हो, जबकि धेरै जस्तो वास्तविकता धेरै जटिल हुन्छ, र तपाइँ र तपाइँको बच्चा को लागी के काम लाग्छ भन्ने कुरा अरुले ‘ठीक’ भनेको जस्तो नहुन पनि सक्छ ।

4.29 Iतपाइँको मनमा लागेको कुरामा विश्वास गर्नु महत्त्वपूर्ण हुन्छ यदि तपाईंलाई कही केही ठीक छैन जस्तो लाग्छ भने तपाईले त्यस बारेमा जचाउनु पर्छ ।

4.30 “हाम्रो पहिलो बच्चा, दिन को कुनै पनि समय, खाना खान्थ्यो, हामी ढुक्क थियौं र यो सजिलै सँग लियौं । त्यो उस्को बानी नै भैसकेको थियो । हामी उसलाई एउटा कचौरामा मुछेर खाना दिन्थ्यौं र उसले कचकच नगरि नै खान्थ्यो… सामान्यतया, बच्चाहरुले सामानहरु लिएर मुखमा हाल्छन, अनी हामीलाई हाम्रो छोराले त्यस्तो गर्दैन भनेर राम्रो लाग्थ्यो । तर पछि हामीले बुझ्यौं कि यो राम्रो कुरा हैन रैछ । नयाँ आमाबुवाको हैसियतमा हामीले चिन्ता लिने कुनै कुरा हो भनेर महसुस गरेनौं ।”

Parent

यो वास्तविक कथाको बारेमा थप पढ्नुहोस् ।

4.31 अहिले तपाइँको बच्चालाई भैराखेको अफ्ठ्यारोको लागि तपाइँ आँफै जिम्मेवार हो कि भन्ने सोच्नु को सट्टा, तपाइँले हेर्न चाहानु हुने परिवर्तनहरू पाउन  कस्तो प्रकारको सहयोग उपयोगी हुन्छ भनेर सोच्नु बढी सकारात्मक हुन्छ । यदि माथि उल्लेखित आमाबुवालाई जस्तो तपाइँको बच्चाले चबाउन नसक्ने बारेमा तपाइँको चिन्ता छ भने तपाइँले तपाइँको डाक्टर वा सामुदायिक स्वास्थ्य केन्द्रलाई सोध्न सक्नुहुन्छ । तपाइँको बच्चाहरूलाई कहिले पनि खानको लागि बल दिन जरुरी छैन, किनकि यसले भविष्यमा गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।

4.32 यदि तपाइँ आँफुबारे धेरै दु: खी वा चिन्तित महसुस गर्दै हुनुहुन्छ भने, कृपया तपाइँको डाक्टर, परिवार स्वास्थ्य नर्ससँग कुरा गर्ने विचार गर्नुहोस् वा साथीलाई बोलाएर कुरा गर्नुहोस् ।